|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्नका लागि अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले उनीहरूलाई क्षमता र आवश्यकतानुसारका रोजगारमुलक एवम् सीपमुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनुपर्ने पनि बताएकी छन्। 

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भन्दै उनले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.