|

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको छातीमा चोट लागेको छ। पुल उद्घाटन गर्न वरिष्ठ नेता पौडेल तनहुँ पुगेपछि संघीय बजेटमा बनेको पुल भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले अवरोध गरेका थिए। कांग्रेस र नेकपाका कार्यकर्ताबीचको विवादले झडपको रुप लिने अवस्था भएपछि तनहुँ प्रशासनले निषेधाज्ञा नै जारी गरेको थियो।  

​निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न हिँडेका पौडेललाई निषेधाज्ञा तोडेको भन्दै प्रहरीले बुधबार गिरफ्तार गरेको थियो। गिरफ्तारको क्रममा पौडेलको छातीमा चोट लागेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले थाहाखबरलाई बताए। ‘छातीमा चोट लागेको छ। केही सुन्निएको पनि छ। रातो डाम बसेको छ,’ अधिकारीले भने, ‘पाँच दिनलाई दुखाई कम गर्ने औषधि चिकित्सकले दिए। त्यो खाँदै हुनुहुन्छ।’ प्रहरी हिरासतबाट रिहा भएलगत्तै पौडेललाई उपचारका लागि दमौलीको रत्नहरि अस्पताल लगिएको थियो। पौडेललाई तीन घण्टा हिरासतमा राखेको थियो।  

​वरिष्ठ नेता पौडेलले पनि ट्वीटरमा लेखेर करङको दुखाइ बढेको बताएका छन्। ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ,’ उनले लेखेका छन्, ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। असली लोकतन्त्र कहिले साकार हुने हो? मेरो चिन्ता यसैमा छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.