काठमाडौं : प्राविधिकको डिप्लोमा र प्रमाणपत्र तहको आंशिक परीक्षा १८ पुसबाट सञ्चालन हुने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले बिहीबार एक सूचना जारी गर्दै लकडाउनमा रोकिएको डिप्लोमा तथा प्रमाणपत्र तहको आंशिक परीक्षा १८ पुसबाट सञ्चालन गर्ने जानकारी दिएको हो।
‘रजिष्ट्रेशन कायम भएका डिप्लोमा इन इन्जिनियरिङ,फुड एण्ड डेरी टेक्नोलोजी,होटल मेनेजमेन्ट र सूचना प्रविधि कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्ड,दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो खण्ड दोस्रो खण्डका कार्यक्रमको तथा वार्षिक परीक्षा प्रणाली अन्तर्गतका प्रमाणपत्र तह प्रथम वर्ष,दोस्रो वर्ष र तेस्रो वर्षको मौका परीक्षा २०७७ ०९ १८ गतेदेखि सञ्चालन गरिने छ,’सूचनामा भनिएको छ।
परीक्षा तालिका भने परिषदको वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।