डिएसपी थापा भन्छन् : मोटरसाइकलमा आएका युवालाई खोजिरहेका छौँ

|

भद्रपुर : झापामा अज्ञात समूहद्वारा उपमेयर चढेको गाडी जलाउने प्रयास भएको छ। मेचीनगर नगरपालिकाका उपमेयर मीना उप्रेती चढेको मे१झ १७२ नम्बरको गाडी बिहीबार दिउँसो अज्ञात समूहले जलाउने प्रयास गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

मोटरसाइकलमा आएका दुई जना युवाले त्यो गाडी जलाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए। चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा धाइजन नजिकै मोटरसाइकलले गाडी छेकेर युवाद्धयले चक्कामा पेट्रोल छर्किएको आगो लगाउने प्रयास गरेका हुन्।

गाडीभित्र उपमेयर मीना र उनका चालक सवार थिए। उपमेयरलाई ती युवाद्धयले आफूहरू नेपाल विद्यार्थी सङ्घको कार्यकर्ता भएको बताएका थिए। युवाद्धयले चक्का पेट्रोल छर्किएपछि चालकले गाडी त्यहाँबाट भगाउन सफल भएको थियो। ‘गाडीभित्र मलाई जिउँदै जलाउने प्रयास गरियो, उपमेयर उप्रेतीले भनिन्, 'धन्न बाँचे, यस विषयमा प्रहरीलाई जानकारी गराइसकेका छौँ।'

यता, घटनाको विषयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान थालिसकेको डिएसपी थापाको भनाई छ। घटनाको विषयमा उपमेयरज्यूबाट बुझ्ने काम भइसकेको बताउँदै डिएसपी थापाले भने, 'मोटरसाइकलमा आएका युवाहरूको खोजी कार्य भइरहेको छ, उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन्।'

झापामा सरकारी गाडीमाथि आक्रमण हुने पूर्व जानकारी आएलगत्तै त्यस विषयमा सबै मातहातका सरकारी कार्यालयलाई जानकारी गराइसकेका थियौं, उनले भने,  'यति जानकारी गराउँदा गराउँदै पनि घटना हुन खोज्यो, तर हुन पाएन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.