|

काठमाडौं : सरकारले मापदण्ड अनुसार कागजात पुगेका कोरोना संक्रमितको बिमा रकम तीन दिनभित्रै दिन निर्देशन दिएको छ। कोरोना बिमाको रकम भुक्तानी गर्न ढिलो भएको गुनासो आएपछि अर्थमन्त्रालयले यस्तो निर्देशन दिएको हो।

अर्थ मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी र नेपाल बीमक संघलाई एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

यसअघि अर्थमन्त्री विष्णु पौडेलले सात दिनभित्रमा बिमा रकम दिन निर्देशन दिएका थिए। निर्देशन अनुसार कम संख्यामा भुक्तानी गरिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो। निर्देशन अनुसार प्रगति विवरण पेश नभएकोले प्रभावकारी रुपमा कार्यान्वयन गर्न मातहतका निकायलाई अर्थ मन्त्रालयले निर्देशन दिएको हो।

कागजात पुग्‍न बाँकी रहेका यथाशीघ्र सम्पन्‍न गरी भुक्तानी दिन पनि भनिएको छ। भुक्तानी गर्ने क्रममा देखिएका समस्याबारे पनि मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिइएको हो।

'कुन-कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण बाँकी रहेको छ? त्यसको विवरण र समस्या समाधानका लागि समितिबाट के प्रयास भइरहेको छ?', मन्त्रालयले सोधेको छ, 'त्यसका लागि मन्त्रालयले सहजीकरणको पहल गर्नुपर्ने विषयहरु के के हुन? सबै विवरण पठाउनू।'

कोरोना बिमाको दाबी संख्या, पहिचानका लागि स्वास्थ्य विभाग पठाएको संख्या, टुंगो गर्न बाँकी कागजपत्र वा नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भइ भुक्तानी गर्न बाँकी रहेका कति संख्यामा छन्, तिनको सम्पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयले भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.