कडाभन्दा कडा कारबाही गर्न माग

|

काठमाडौं : भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग गरिएको छ। राम आधार साह भन्ने व्यक्ति भारतीय नागरिक भएकाले उनको नागरिकताको खारेजीको माग गरिएको हो।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बारा कलैयाका प्रभात विक्रम शाहले भारतीय नागरिक राम आधार साहले कसरी नेपाली नागरिकता पाएको भन्दै प्रश्न गरे। उनले भने, 'नक्कली भोला साहलाई नक्कली बाबु खडा गरी भारतीय नागरिक राम आधारले नेपाली नागरिकता लिएका छन्। उनलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्छु।'

राम आधार साहलाई किर्ते अभियोगमा तत्काल पक्राउ गर्नुपर्ने प्रभात विक्रम साहले माग गरे। नागरिक छानबिनका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा समेत उजुरी गरिएको उनले बताए। भोला साहका दुई जना अर्को नामका छोरा भएका र राम आधार साह पनि छोराको रुपमा उल्लेखित गरी किर्ते गरिएको उनको आरोप थियो। 

बाराका महागढीमाई नगरपालिका–२ मा यसबारे छानबिन भई कारबाही चलाइएको र वडा हुँदै नगरपालिकाले यथार्थ जानकारी पठाएको प्रभात शााहले बताए। छानबिनपछि उनी भोला साहको धर्मपुत्र भनी देखाइएको समेत बताइएको छ। जिल्ला प्रशासन कार्यालय बाराले यसबारे छानविन गर्न रौतहटमा पत्र पठाएको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.