|

काठमाडौं : स्वर सम्राट नारायण गोपालको आज ३०औं स्मृति दिवस विभिन्न कार्याक्रम गरी मनाइँदैछ। 

१९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो। उनै लोकप्रिय गायकको सम्झनामा आज भर्चुचल कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ।

२०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिए। उनले १३६ भन्दा धेरै गीत गाएका छन्। नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिएका छन्।

नारायण गोपालका मलाई नसोध कहाँ दुख्छ घाउ, दुईटा फूल देउरालीमा, जुन फूल मैले रोजेको थिएँ, एउटा मान्छेको मायाँले, म त लाली गुराँस भएछु, तिम्रोजस्तो मुटु मेरो पनि , मैले पुण्य मन पराएँलगायत दर्जौनौं लोकप्रिय गीत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.