|

काठमाडौं : बाँकेको भेरी अस्पतालमा रेमडेसिभरप्लाज्माथेरापीबाट उपचार गराइरहेका दुई संक्रमित पुरुष मृत्यु भएको छ। दाङ तुलसीपुर उपमहानगरपालिकाका दुवै पुरुषको गएराति मृत्यु भएको  अस्पतालका मेडिकल सुपरिटेन्डेड डा.प्रकाश थापाले जानकारी दिए।

तुलसीपुर उपमहानगरपालिका-११ का ४५ वर्षीय पुरुषलाई ३ गते कोरोना पुष्टि भएको थियो। उनलाई रेमडेसिभर र प्लाज्माथेरापीबाट उपचार गरिएको थियो। उनको गएराति ९ बजे मृत्यु भएको थियो।

त्यसैगरी, उपमहानगरपालिका-१६ का २६ वर्षीय पुरुषलाई ९ गते कोरोना पुष्टि भएको थियो। उनलाई पनि रेमडेसिभरप्लाज्माथेरापीबाट उपचार गरिएको थियो। उनको गएराति सबा १२ बजे मृत्यु भएको थियो।

यो सँगै दाङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। उपचारार्थ ४ सय ६६, संक्रमणमुक्त ३१ सय ६८ र कुल संक्रमित ३६ सय ६२ छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.