|

उत्तर प्रदेशको राजधानी लखनउमा बुधबार प्रहरीले एक अन्तरधार्मिक विवाह रोकिदिएको छ।

धर्म परिवर्तनसम्बन्धी नयाँ अध्यादेशलाई कारण देखाउँदै प्रहरीले सो विवाह रोकिएको हो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हुन्, जो दक्षिणपन्थी भारतीय जनता पार्टीका धर्मान्ध नेताका रुपमा चिनिन्छन्। 

भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार २२ वर्षीया रैना गुप्ता र २४ वर्षीय मोहम्मद आसिफको विवाह दुवै धर्मका संस्कार पालना गर्दै हुन लागेको थियो। तर हिन्दु महासभा नामक एक संगठनका जिल्ला प्रमुखले दिएको सूचनाका आधारमा प्रहरीले विवाह रोकिदिएको हो। 

विवाह रोकिएपनि अहिलेसम्म एफआइआर दर्ता गरिएको छैन। दुवै परिवारका सदस्यहरुले अनुमति नमिलेसम्म विवाह रद्द गर्न सहमति जनाएका छन्। 

हालै ल्याएको भनिएको नयाँ कानूनअनुसार विवाह गर्नका लागि डिस्ट्रीक मजिष्टर (डीएम) को अनुमति आवश्यक पर्ने भनिएको छ।

डीएमले सहमति दिएको दुई महिनापछि मात्र विवाह गर्न पाइने सो कानूनमा उल्लेख रहेको बीबीसी हिन्दीले लेखेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.