|

दाङ : लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिहीबार विभिन्न घटना तथा दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। दाङको लमही नगरपालिका ८ सतबरियास्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिममा पूर्वतर्फ जाँदै गरेको  रा३प ७५६० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकलयात्रीलाई  बिहीबार बेलुका करिब सवा ६ बजेतिर ठक्कर दिँदा  वडा नं ७   कप्तानगंज बस्ने साइकल यात्री ५२ पुरन बाठामगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

उनको उपचारको क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी, मोटरसाइकल चालक लमही ८ धनपुरुवा बस्ने करिब २७ वर्षीय  लीला बहादुर चौधरीको टाउकोमा चोट लागेको र उनको  अवस्था गम्भिर भएकाल उपचारका लागि  बुटवल रिफर गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एंव एसएसपी राज कुमार बैदवारले जानकारी दिए।

त्यस्तै, बर्दिया मधुबन नगरपालिका ४  माचडचोक स्थित गुलरिया राजापुर हुलाकी सडक खण्डमा भुरीगाँउदेखि गुलरियातर्फ आउँदै गरेको ना८ख ३१४ नम्बरको  टिप्पर र गुलरियाबाट ढोढरीतर्फ जाँदै गरेको बा१६च २४५३ नम्बरको कार दिउँसो करिब  ३ बजेतिर एक आपसमा ठोकिँदा कारमा  गुलरिया नगरपालिका ४ का २४ बर्षीय सुरेन्द्र गोडियाको उपचारको क्रममा बिहीबार दिउँसो करिब साढे ३ बजे मृत्यु भएको लुम्बिनी प्रदेश प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार उक्त दुर्घटनामा परि करिब १८ बर्षीय निधी सुनारको पनि उपचारको क्रममा जिल्ला अस्पताल बर्दियामा मृत्यु भएको छ।

उनीहरू दुवै जनालाई टाउकोमा चोक लागेको थियो। त्यस्तै दुर्घटनामा परी कार चालक गुलरिया ४ का २४ वर्षीय मनोज लोनिया, एक १७ वर्षीय महिला र कमला सुनार गम्भीर घाइते भएको र उनीहरुलाई उपचारको लागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ।

टिपर र चालकलाई  इप्रक ढोढरी बर्दियाले नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिए। त्यसैगरी, मृत अवस्थामा ४ जना ब्यक्तिहरु फेला परेका छन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ नयागाँउ खानेपानी ट्याङकी नजिकै सैनामैना नगरपालिका १ बन्कट्टा बस्ने २९ बर्षीय  किशोर थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनलाई बाहिरी चोट पटक नभएको, उनले  मादक पदार्थ सेवन गर्ने  गरेको प्रहरीले जनाएको छ। उनी बुधवार राति करिब ९ बजे घरबाट गएका थिए। घटनाको बारेमा इप्रका बुटवलबाट थप अनुसन्धान भइ रहेका प्रहरीले जनाएको छ।

त्यस्तै रुपन्देही मर्चवारी गाउँपालिका १ महुवाघाट स्थितमा मायादेवी गाउँपालिका ८ उचमी बस्ने  २० वर्षीय अजय कुमार बानिया बेलसका करिब ६ बजेतिर  मृत अवस्थामा फेला परेको र  इप्रका मर्चवार रुपन्देहीबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

त्यस्तै बुटवल उपमहानगरपालिका ९ स्थित भुड्कीचोकको आकाशे पुल मुनि बसपार्क आसपासमा डुली हिड्ने नामथर नखुलेको करिब  ६० बर्षीय  पुरुष विहान करिब साढे ११ बजेतिर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ३ घोडपाली  बस्ने ४० वर्षीय सरोज  चौधरीको पनि मृत्यु भएको छ। आफ्नो  घरदेखि करिब ८०० मिटर पश्चिम आफ्नै  बंगुर फर्ममा सुत्न गएकोमा  चौधरीलाई बिहान  उनकी श्रीमतीले  अचेत अवस्थामा देखीपछि उपचारको लागि जिल्ला अस्पताल परासी ल्याएको भएता पनि  डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे जिप्रका नवलपरासी पश्चिमबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ। त्यस्तै पाल्पाको  बगनासकाली गाउँपालिका १ खोरबारी स्थित रहेको बगनासकाली हेल्थ पोष्ट नजिकै खोल्सामा भर्खर जन्मिएको जस्तो देखिने नवजात शिशु (छोरा) मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा जिप्रका पाल्पाबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ। त्यस्तै पाल्पाको  रामपुर नगरपालिका ६ प्याकलुक बस्ने   ५७ वर्षीय नेत्र बहादुर हमाल पिसाब फेर्न निस्किने क्रममा आफैँ घरको  छतबाट खस्दाँ मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

उनी राति  करिब साढे १० बजेतिर खसेका थिए।  उनलाई उपचारका लागि  रामपुर अस्पताल पाल्पा ल्याइएको भए तापनि डाक्टरले  मृत्यु घोषणा गरेको थिए। त्यस्तै, गुल्मीको मुसिकोट नगरपालिका ७ वामिटक्सार बस्ने २६ बर्षीय धिरज कार्कीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको बेलुका करिब साढे ५ बजेतिर आफ्नै घरको मोबाइल पसलमा तार सर्ट भइ करेन्ट लागेको थियो। उनलाई  उपचारका लागि लुम्बिनी अस्पताल वामिमा ल्याइएको भए तापनि  उपचारका क्रममा मृत्यु भएको प्रवक्ता बैदवारले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.