|

काठमाडौं : कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।आज पोखरा महानगरपालिका-८ की ६६ वर्षीय महिलाको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मृतक महिलालाई १३ गते कोरोना पुष्टि भएको थियो। उनलाई मधुमेह, उच्च रक्तचाप र निमोनिया भएको थियो। योसँगै कास्कीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ। उपचाररत ७ सय १२, संक्रमणमुक्त ४७ सय ७५ र कुल संक्रमित ५५ सय ३८ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.