|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको ज्यादती अब सहन नहुने बताएका छन्। बुधबार तनहुँमा पुल उद्घाटन क्रममा प्रहरीले अनावश्यक दमन गरेको भन्दै उनले आक्रोश पोखे। 

आज कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकमा उनले अरुको अस्तित्व स्विकार नगर्ने सरकारविरुद्ध अब उत्रिन ढिला गर्न नहुने बताए। 

यो सरकार अरुको अस्तित्व स्विकार गर्न सक्दैन। जनतालाई पनि दमन, प्रतिपक्षीलाई पनि दमन गरेर अधिनायकवाद लाद्न खोज्दै छ, 'वरिष्ठ नेता पौडेलले भने, 'ममाथि भएको घटना एउटा ताजा उदाहरण मात्रै हो।'

देशलाई प्रतिगमन र सर्वसत्तावादबाट बचाउन कांग्रेस जाग्नुपर्ने उनको भनाइ छ। कांग्रेसले केपी ओली नेतृत्वको सरकारलाई सचेत र जवाफदेही बनाउन एक दिने विरोध कार्यक्रम गरेको पनि बताए। 

वरिष्ठ नेता पौडेलले देशलाई कम्युनिस्टहरुले कब्जा गर्न खोजेको भन्दै कांग्रेसले त्यो सपना पूरा गर्न नदिने पनि बताए। देश कम्युनिस्टहरुले कब्जा गर्न खोज्दै गरेको उनको आरोप थियो। त्यो सपना पूरा गर्न नदिने र लोकतन्त्रको रक्षा गर्ने जिम्मा कांग्रेसको भएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.