|

काठमाडाैं : हेम सरिता पाठक फाउन्डेसन अमेरिकाले आयोजना गरेको विश्वव्यापी भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय खुला कविता प्रतियोगिताको उत्कृष्ट २५ कविताको सूची सार्वजनिक गरेको छ। 

छनोट गरिएका २५ कविताहरुमा 'जूनको उज्यालोमा अडिएको समय', 'खोक्रो परिवर्तन', 'भ्रष्टाचारको कुहिरोले ढाकेको देश', 'भ्रष्टाचारमुक्त न्यायालय', 'पर्खाइ', 'भ्रष्टाचारको बाटो', 'उज्यालोको खोजी', 'उसका प्रश्नहरु', 'सफा हातको भूगोल', 'स्वार्थ', 'तिमी कहिले घाम बन्छौ?', 'देशको खबर', 'भ्रष्टाचारीको साबिती बयान', 'बालाई चिट्ठी', 'तरकारी', 'सर्पदंश', 'जुकाहरु', 'नक्सा', 'माफीनामा', 'हातहरु', 'बुढो सिमल', 'ऐना किनेको दिन', 'फासी दिने कानुन', 'भ्रष्टाचारविरुद्ध' र पर्खाल पो' छन्।

प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार छनोट गरिएका उत्कृष्ट २५ कविताको दोस्रो चरणमा कविबाटै प्रत्यक्ष वाचन गरिने र एक कवितालाई अमेरिकी एक हजार डलर र सम्मानपत्र प्रदान गरिने छ।

भ्रष्टाचारविरूद्ध चेतना जगाउने खालका कविता प्रतियोगिताका लागि रचना आह्वान गरिएको र यस्तो प्रतियोगितालाई निरन्तरता दिइने त्यस संस्थाका संरक्षक हेम पाठकले जानकारी दिए। 

यसैगरी संस्थाका अध्यक्ष जेनी पाठकले प्रतियोगिताका लागि प्राप्त सबै कविता उत्कृष्ट रहेका र सोमध्ये पनि निर्णायक समितिले सिफारिस गरेका उत्कृष्ट २५ कविताको पुस्तक प्रकाशन गरिने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.