|
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक सुरु भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आआफ्नै अडानको कारणले नेकपाभित्रको विवाद बढिरहेको छ। कात्तिक २८ गते बसेको सचिवालयमा बैठकमा अध्यक्ष दाहालले ल्याएको प्रस्ताव र प्रधानमन्त्री ओलीले त्यसको प्रतिउत्तर मंसिर १७ गतेको बैठकमा फर्काएको जवाफ बारेमा छलफल गर्नका लागि सचिवालय बैठक बस्‍न बसेको हो। 

दाहालले ल्याएको प्रस्तावमा मंसिर १६ गतेबाट छलफल सुरु गरे पनि त्यसपछिको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएका थिएनन्। १७ गतेको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि आजका लागि बैठक राखिएको थियो। तर, आजको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएको उनका प्रेस सल्लाहकार थापाले बताए। 

सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो। कात्तिक २५ गतेपछि आज ओली प्रचण्ड भेटवार्ता भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.