७ जना पुर्पक्षका लागि कारागार चलान, ६ जना अझै फरार

|

नेपालगन्ज : बाँकेमा एक सरकारी संस्थाले बचतकर्ताको ४३ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले ४१ जनामाथि ठगी तथा संगठित अपराध अभियोगमा जिल्ला अदालतमा मुद्दा चलाएको छ।

बचत गरेको रकम डेढ वर्षसम्म फिर्ता नपाएपछि १ हजार बचतकर्ता समस्यामा परेका छन्। सहकारी वित्तीय विकास संस्थाको रकम हिनामिना भएको सार्वजनिक भएपछि २०७६ जेठदेखि यो बन्द छ।

रकम घोटालामा संलग्न रहेको अभियोगमा बाँके प्रहरीले सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीसहितलाई मुद्दा चलाएको हो। ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने अझै पनि ६ जना फरार छन। २८ जना धरौटीमा छुटेका छन्।

संस्थाका अध्यक्ष, संचालक समितिका सदस्य, कर्मचारीसहित ४१ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय बाँकेले २०७६ असोज २८ गते सहकारी ऐन, ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो।  

१० वर्षदेखि नक्कली कागजपत्र बनाएर नेपालगन्जको यो सहकारीका संचालक,  कर्मचारी र लेखा परीक्षकलगायत मिलेर रकम अपचलन र ठगी गर्दै आएका थिए। 

डेढ वर्षदेखि निरन्तर दबाब दिँदा पनि सहकारीले ११ हजार ४ सय ८ जना बचतकर्ताको रकम फिर्ता नगरेको पीडित संघर्ष समितिका सदस्य आशुतोष शुक्लाले बताए। आफ्ना समस्या सहकारीमन्त्री देखि प्रधानमन्त्रीलाई समेत पटक पटक ध्यानाकर्षण गराइँदा पनि कुनै सुनुवाइ नभएको शुक्लाले बताए। 

बाँके प्रहरीले विज्ञहरुको सहयोगमा अनुसन्धान गर्दा हिनामिना भएको वास्तविकता फेला पारेको हो। २०५१ सालमा स्थापित यो सरकारी बाँकेकै सबैभन्दा पुरानो हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.