|

चीनको दक्षिणपश्चिममा रहेको एक कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको ।

चुङचिङस्थित त्यस खानीमा कार्बन मनक्साइड चुहिँदा भएको उक्त दुर्घटनामा अन्य ५ जना हराइरहेका चीनको सरकारी टेलिभिजन सिसिटिभीले जानकारी दिएको छ।

बेपत्ता भएका अर्का एक जनालाई भने जीवितै उद्धार गरिएको समाचारमा उल्लेख गरिएको छ। घटना भएलगत्तै त्यहाँका अधिकारीहरुले छानबिन बढाएका छन्। सिसिटिभीका अनुसार दुई महिनादेखि बन्द रहेको डियासुइडोङ नामको उक्त कोइलाखानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो। सुरक्षासम्बन्धी नियम पालना नहुँदा चीनमा खानी दुर्घटनामै ठूलो संख्यामा मानिसहरुको मृत्यु हुने गरेको छ।

यसअघि गत सेप्टेम्बरमा सोही स्थानको अर्को एक खानीमा आगो लाग्दा १६ जनाले ज्यान गुमाएका थिए। यस्तै गत वर्षको डिसेम्बरमा ग्वाँजे प्रान्तस्थित अर्को कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको मृत्यु भएको थियो।

चीनमा विश्वमै सबैभन्दा धेरै कोइला उत्पादन हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.