|

काठमाडौं : देशभर कोरोना भाइरसका सक्रिय संक्रमित संख्या १४ हजार २ सय ५५ मा झरेको छ। 

कुल संक्रमित संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २४ जनामा कोरोना संक्रमण देखिएको छ।

गत असोजमा ४० हजारसम्म पुगेको संक्रिय संक्रमित संख्या त्यसयता निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ। कोरोनामुक्त हुनेदर बढ्दै गएको र संक्रमणमा परेकाको दोस्रो पटकको पिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएकाले संक्रिय संक्रमण घटेको देखिन्छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ७४ जनाको पिसिआर विधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो। 

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ६ जना कोरोनामुक्त भएका छन्। यही अवधिमा संक्रमणबाट थप १० जनाको निधन भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या भने १ हजार ५ सय ७७ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.