|

बैतडी : बलात्कार आरोपमा बैतडीमा आज एक किशोर पक्राउ परेका  छन्। दोगडाकेदार गाउँपालिका–६ सित्तडका १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

ती किशोरले त्यहीँकी १६ वर्षीयालाई बलात्कार गरेको आरोपमा समातिएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक धनदेव साउँदले बताए।

किशोर १८ वर्षमुनिका भएकाले प्रहरीले नाम सार्वजनिक भने गरेको छैन। ती किशोरले मंसिर १६ गते आफ्नै घरमा लगी किशोरीलाई बलात्कार गरेका प्रहरीले जनाएको छ। उनीहरु दुवैको जन्मदर्ता मगाएर थप अनुसन्धान गरिएको प्रहरीले बताएको छ। 

बलात्कृत किशोरीका आफन्तले उजुरी दिएपछि किशोरमाथि जबर्जस्तीकरणी उद्योगमा मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रमुख (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, ‘मुद्दा दर्ता भएका ती किशोरीलाई जिल्ला अदालत बैतडीबाट ५ दिनको म्याद थपी अनुसन्धान सुरु गरिसकेका छौं, प्रारम्भिक अनुसन्धानबाट ती दुवैमा प्रेम सम्बन्ध रहेको र आफन्तले थाहा पाएपछि उजुरी गरेको खुल्न आएको छ।’

पक्राउ परेका किशोरी प्रहरी हिरासतमा राखिएको छ भने किशोरी आफन्तसँगै छिन्। 

यसअघि गत हप्ता पनि किशोरी बलात्कार र गाउँमै मिलापत्र गराएको भन्दै जिल्ला सिगास गाउँपालिकाका ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

सिगास गाउँपालिका–३ कि किशोरी बलात्कार आरोप  लागेका गर्ने सोही ठाउँका दीपकसिंह धामी भने फरार छन् भने मिलापत्र गराउने वडाध्यक्षसहित ६ जनालाई  प्रहरीले नियन्त्रणमा लिएको थियो।

एक तोला सुन दिन्छु भन्दै गाउँमा मिलापत्र गराउनमा संलग्न सिगास–३ का वडाध्यक्ष शेरसिंह साउँद, स्थानीय राजेन्द्र धामी, नरेन्द्र धामी, गोपाल धामी, मनोजसिंह धामी र अमर धामीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

पक्राउ परेका उनीहरुले बलात्कारको घटना गत असारमा गाउँमै मिलाएका थिए। ती किशोरी गत जेठमा बलात्कृत भए पनि करिब ७ महिनापछि घटना बाहिरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.