|

दमक : क्लाउन हुइथआउट बोडर नामक जर्मन संस्था र शिल्पि थिएरटरसँगको सहकार्यमा कलाकारहरुले विभिन्‍न विद्यालयमा नाटक प्रर्दशन गरेका छन्। क्लाउन हुइथआउटले विश्वका विभिन्‍न १४ देशका थिएटरहरुसँग सहकार्य गर्दै विद्यालयमा नाटक प्रर्दशन गर्दै आएको छ।

'क्लाउन सो' नामक नाटक नेपालमा अहिले सम्म विभिन्‍न १२ वटा विद्यालयहरुमा प्रर्दशन भईसकेको शिल्पि थिएटरका निर्देशक युवराज घिमिरेले बताए। नाटक विद्यार्थीका लागि मनोरञ्जन समेटरे बनाइएको उनले जानकारी दिए । 'यो नाटक विशुद्ध विद्यार्थीको मनोरञ्जनका लागि तयार पारिएको हो, यसमा हामीले विद्यार्थीलाई जादु, लगायत विद्यार्थीको मनोविज्ञानमा रहेको विभिन्न ज्ञानका कुराहरु समेटेका छौँ,' उनले भने।

अभियान अन्तर्गत आज झापाको दमकस्थित हिमालय माविमा नाटक प्रर्दशन गरिएको छ। किताबी शिक्षाबाट दिक्क भएको विद्यार्थीको दिमागलाई केही मनोरञ्जन गराउन नाटकको आयोजना गरिएको आयोजकले जनाएको छ। नाटक ४५ मिनेट लामो रहेको छ । नाटकमा तीन जर्मनी कलाकार र एक नेपाली कलाकारले अभिनय गरेका छन्। नाटकमा शिल्पि थिएटरका युवराज घिमिरेसहित जर्मनीका कलाकार शिभ ग्रिन,अनिता बेर्चालनी र अनिता थिफ्सेले अभिनय गरेका छन्।

अभियान अन्तर्गत अब काभ्रेका केही विद्यालयहरुमा नाटक प्रर्दशन गरिने आयोजकले जानकारी दिएकव छ। झापा र इलामका केही विद्यालयमा भएको प्रर्दशनका लागि स्थानीय चुलाचुलि रंगमञ्चले सहकार्य गरेको मञ्चका निर्देशक चेतन आङ्थोपोले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.