|

मुगु : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कर्णाली प्रदेशका १० वटै जिल्लामा पनि ओली सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। 

कर्णाली प्रदेशका दश जिल्ला मध्य मुगुमा काग्रेश पार्टि सभापति खड्क बहादुर शाहीको नेतृत्वमा सुर्खेतमा पार्टी सभापति कमल राज रेग्मीको नेतृत्वमा,दैलेखमा कावा सभापति रीता शाहीको नेतृत्वमा जुम्लामा पूर्वकेन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य दीनबन्धु श्रेष्ठको नेतृत्वमा रुकुम पश्चिममा पार्टी सभापति प्रेम प्रकाश वलीको नेतृत्वमा, कालिकोटमा पार्टी सभापति हर्ष बहादुर बमको नेतृत्वमा जाजरकोट, पूर्वमन्त्री तथा बहालबाला केन्द्रीय सदस्य हिद्धराम थाहानीको नेतृत्वमा ,डोल्पामा पार्टी सभापति अंगत बुढाको नेतृत्वमा सल्यानमा प्रदर्शन गरिएको हो। 

त्यस्तै पूर्वकेन्द्रीय सदस्य डिल्ली रेग्मीको नेतृत्वमा हुम्लामा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश विपक्षी दलका प्रमुख नेता जीवनबहादुर शाहीको नेतृत्वमा गरेर कर्णाली प्रदेशका १० वटै जिल्लामा पनि प्रदर्शन गरिएको हो। कर्णाली प्रदेशमा आआफ्नो जिल्ला सदरमुकाममा कांग्रेसका नेता तथा कार्यकर्ता जम्मा भएर सरकारको विरोध गरेका हुन्। 

गाउँगाउँ बाट दुधेबालक च्यापेर भए पनि कांग्रेस कार्यकर्ता सदरमुकाम आई विरोध र र्‍यालीमा सहभागी भएका थिए। 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार र वर्तमान ओली सरकारको भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाही नै मुख्य एजेण्डा कांग्रेसले बनाएको थियो। 

र्‍यालीमा ओली सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोरोना नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्यवृद्धि, महिला हिंसा, बलात्कार कुशासन, अधिनायकवादी शैलीविरुद्ध विरोध प्रदर्शन गरेको कांग्रेस मुगुका पार्टी सभापति खड्क बहादुर शाहीले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.