|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका दलहरुले सात दिनभित्र आफूहरुको माग सम्बोधन नभए सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी गराएका छन्।

मोर्चामा आबद्ध सात दलका नेताले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा स्थानीय निर्वाचनका कार्यक्रम फिर्ता गरिनुपर्ने, संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्नुपर्ने, स्थानीय तहका संरचनालाई प्रदेशको क्षेत्राधिकारभित्र राखिनुपर्ने तथा सरकार गठन गर्दा भएको तीनबुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने माग अघि सारिएको छ। 

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सप्तरीमा अस्ति भएको घटनामा मारिएकालाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने र घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिनुपर्ने मागसमेत राखिएको बताए।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मोर्चाका मागहरु प्राप्त भएको र सो सम्बन्धमा प्रधानमन्त्रीले सत्ता गठनबन्धन र अन्य दलसँग छलफल गरेर सम्बोधनको पहल गर्ने विश्वास दिलाएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.