|

सल्यान :  सल्यानमा ११ किलो ५ सय ग्राम लागू औषध अफिम सहित ३ महिला पक्राउ परेका छन्। बागचौर नगरपालिका ५ बांङ्गेलाखुरी बजारबाट अफिम सहित ३ महिला पक्राउ परेका हुन्। दाङको घोराही नगरपालिका १० कि २४ वर्षीया रेशमी विक, २१ वर्षकी शारदा घर्ती र २५ वर्षीया सलिना गहतराज पक्राउ परेका प्रहरी निरीक्षक धर्मबहादुर केसीले जानकारी दिए।

बाङ्गेलाखुरी प्रहरी चेकपोष्ट नजिक शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा रेशमी विकको झोलाबाट १३ पोका र सलिना गहतराजको झोलाबाट १२ पोका गरी २५ पोका कालो र खैरो अफिम फेला पारेको प्रहरीको भनाइ छ। पक्राउ परेका तीनैजना उपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.