|

नेपालगन्ज : सप्तरीमा चार जनाको मृत्यु हुने गरी भएको घटनालाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दको दोस्रो दिन बुधबार बाँकेको जनजीवन प्रभावित भएको छ। नेपालगन्ज बजार पूर्ण रुपमा ठप्प भएको छ।

यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। उनीहरुले नेपालगन्जको मूख्य सडक सुर्खेतरोडका चोक–चोकमा भेला भएर सवारी साधन संचालनमा रोक लगाउनुका साथै पसल बन्द गराएका छन्।

मोर्चाको बन्दका कारण नेपालगन्जको मूख्य बजार त्रिभुवन चोक, सदरलाइन, घरबारी टोल, धम्बोझी, न्यूरोड, पुष्पलाल चोक, विपी चोक, सुर्खेतरोडका धेरैजसो पसल बन्द भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बन्दकर्ताले ठूला सवारी साधनसँगै अटो रिक्सा सञ्चालनमा समेत रोक लगाएपछि सर्वसाधारण पैदल हिँडेर गन्तब्यतर्फ गइरहेका छन्। बन्दकर्ताले नेपालगन्जमा सवारी आवागमन र पसल बन्द गराएपनि कोहलपुर, राँझामा भने सवारी साधन सञ्चालनमा आएको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.