|

गुल्मी : गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।

गुल्मी दरबार गाउँपालिकाको गैडाकोटबाट तम्घासतर्फ आउँदै गरेको  लु १ ह २७४३ नम्बरको अटो रिक्सा शुक्रबार राति भगारीमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका रेसुंगा नगरपालिका–१२ का ३० वर्षीय चालक तेजबहादुर रानाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए।

यस्तै, अटो रिक्सामा रहेका रेसंगा–१२ का २७ वर्षीय रमेश खत्री, रेसुंगा–२ का १६ वर्षीय रोशन परियार, १८ वर्षीय सुरज परियार र १७ वर्षीय सुनिल बिक घाइते भएका  छन्। गम्भीर घाइते सुरज र सुनिलको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। अन्य दुईजनाको गुल्मी अस्पतालमा उपचार भइरहेकोे छ। अटो रिक्सा सडकदेखि करिब २०० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.