|

भक्तपुर : जिल्लाका क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले बुधबार भक्तपुरमा 'चन्द्र गंगा क्रियाशिल पत्रकारिता पुरस्कार' अक्षयकोष स्थापना गरिएको छ। प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाले स्थापना गरेको पुरस्कार अक्षयकोषमा एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य एवं अधिवक्ता राजु खड्काले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

खड्काले आफ्ना बाबुआमा चन्द्र–गंगाको नाममा स्थापना गरेको पुरस्कार रकम प्रेस चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाँई) मार्फत अक्षयकोषका लागि हस्तान्तरण गरेका हुन्।

चौतारी भक्तपुरले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष साउन २१ गते जिल्लास्थित एकजना क्रियाशिल पत्रकारलाई नगद ६ हजार १ रुपैयाँसहित सम्मान गर्ने अध्यक्ष बजगाँईले बताए। अक्षयकोषमा रकम प्रदान गर्ने दाता खड्काले पुरस्कारले स्वच्छ पत्रकारिता गर्न पत्रकारहरुलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.