|

काठमाडौं : संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सुरक्षा परिषद्को बैठक डाकेका छन्। 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरक्षा परिषद्को बैठक बसिरहेको  छ। सुरक्षा परिषद् बैठकमा बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र अनुसन्धान विभागको गणेश अधिकारीलगायको उपस्थिति छ।

उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र अनुसन्धान विभागको गणेश अधिकारीलगायत उपस्थित छन्।

यसैबीच सरकारको कदमपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले राजधानीका विभिन्‍न स्थानमा प्रहरीको तैनाथी बढाइएको बताए।

'हामीले अहिले माइतीघर, बबरमहल, बानेश्‍वर, संसद भवन क्षेत्र, सिंहदरबार, महाराजगञ्‍ज र बालुवाटार क्षेत्रमा सुरक्षा तैनाथी बढाएका छौं', उनले थाहाखबरसँग भने, 'सुरक्षा व्यवस्था अन्य दिनको तुलनामा कडा पारेका छौं, शंकास्पद स्थानमा निगरानी पनि बढाइएको छ।'

सिंहले राजधानीका सबै युनिटबाट प्रहरीलाई उच्च सतर्क अवस्थामा परिचालित गरिएको बताएका छन्। कुनै अप्रिय घटना हुन नदिन चनाखो रहन सबै युनिटलाई सचेत गराइएको सिंहले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.