|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपाकै सांसदहरु सर्वाेच्च अदालतमा रिट दायर गर्न जाने भएका छन्। आज (सोमबार) अधिवक्तासहित नेकपाका ८७ सांसद सर्वाेच्चमा रिट दायर गर्न जाने तयारीमा रहेको नेकपाकी सांसद रामकुमारी झाँक्रीले थाहाखबरलाई जानकारी दिइन्।  

‘सर्वाेच्चमा रिट दायर गर्ने तयारी भइरहेको छ,’ उनले भनिन्, ‘सकेसम्म बहुमत सदस्यहरुले रिट दायर गर्ने तयारी हुँदैछ। केही माननीयहरु काठमाडौं बाहिर हुनु भएकोले उहाँहरुलाई कुरिरहेका छौँ। उहाँहरु आएपछि रिट दायर हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.