|

इलाम : घर छेउको नहरमा पानी बग्न थालेपछि चमैता ५ का गंगा भट्टराई उत्साहित भएर मासिएको अलैची बगान पनि गोडमेल थाले। सिचाई नभएर चार वर्षदेखि सुकेको अलैँची बगान छेउमै सरकारले पक्की नहर बनाएपछि उनी उत्साहित भएका हुन्।

भट्टराईमात्र होइन सिञ्चाई नभएर चार वर्षदेखि खेतीबालीको आम्दानी माया मारेका चमैता ६ का अर्जुन बस्नेतले नहर सञ्चालनपछि उन्नत तरकारी खेतीको योजना बनाउँदैछन्। इलामको चमैता गाविसको खेती योग्य जमिन सिञ्चाई गर्न सरकारले नहर निर्माण गरेपछि किसानलाई मौसमी र बेमौसमी कृषि उत्पादनमा उर्जा थपिएको हो।

सिञ्चाई डिभिजन कार्यालय इलामले एक सय हेक्टर बढी खेतीयोग्य जग्गा लक्षित गरी नहर निर्माण गरेपछि गंगा भट्टराई र अर्जुन बस्नेतसँगै कृषि पेशमा आवद्ध चमैता गाविस भरीका ५ सय बढी किसान उत्साहित भएका छन्। अलैची र व्यवसायिक तरकारी खेती हुने चमैता गाविसमा डेढ करोड बढी खर्चेर निर्माण गरेको ७ किलोमिटर लामो नहर किसानका लागि बरदान साबित भएको हो। २०४५ सालमा जनश्रमदानबाट निर्माण भएको कुलोमा चार वर्षदेखि पानी बन्द भएपछि सिञ्चाई डिभिजन कार्यालयले १५ महिना अघि नहर निर्माण शुरु गरेको थियो।

सिञ्चाई सुविधा पुगेपछि कृषि विकास कार्यालयबाट सघन कृषि कार्यक्रम शुरु भएकाले देउमाई मूलले कोच्चि सिचाई आयोजनाले किसानको आर्थिक उपार्जनमा वृद्धि हुने सिञ्चाई डिभिजन इलामका प्रमुख बद्री कार्कीले बताए। प्रतिसेकेण्ड तीन सय लिटर पानी २४ सै घण्टा बग्ने नहर निर्माण पछि चमैताका किसानले बाली लगाउने बेला आकासे पानी पर्खनुपर्ने बाध्यता हटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.