|

सुर्खेत : संसद् घटनाविरुद्ध कर्णालीमा मसाल जुलुस गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद् विघटन असंवैधानिक भएको भन्दै त्यसविरुद्ध प्रदेश राजधानी सुर्खेतलगायत कर्णालीका जिल्लाहरुमा मसाल जुलुस गरिएको हो।

नेकपाको प्रचण्ड नेपाल समूहका विद्यार्थी र युवाको अगुवाईमा विहिबार साँझ मसाल जुलुस निकालिएको हो।

मसल जुलुसमा सहभागीहरुले ‘केपी ओली मुर्दावाद, असंवैधानिक कदम खारेज गर,  केपी ओलीको पाराले दुःख पाए साराले ’ जस्ता नारा लगाइएका थिए।

युवा संघ सुर्खेतका संयोजक पदम वनले आन्दोलनको दायरा बढ्दै जाने बताए। प्रहरी प्रशासनले मसाल खोस्न खोजे पनि प्रहरीलाई छल्दै मसाल जुलुस प्रदर्शन गरिएको वनले बताए।

सुर्खेतमा नै दिउँसो कालो पट्टी टाउकोमा बाँधेर प्रदर्शनसमेत भएको थियो। नेकपाको प्रचण्ड नेपाल समूहका जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.