|

गुल्मी : रुख काट्ने क्रममा गुल्मीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको रुपाकोट गाविसको ९ मा रहेको पीपलचौर भन्ने स्थानमा विद्यालयको भवन निर्माणको लागी रुख ढाल्ने क्रममा च्यापिएर स्थानीय ७८ वर्षीय नन्दराम पोखरेलको मृत्यु भएको प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए।

शारदा माविको भवन निर्माणको लागि रातोमन्टे भन्ने रुख ढाल्ने क्रममा घाइते भएका पोखरेलको थप उपचारको लागी पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। रुख काट्ने क्रममा अन्य २ जना घाइते भएका छन्। २४ वर्षीय लक्ष्मी भण्डारी र २१ वर्षीय सुनिता भण्डारी घाइते भएका हुन्। घाइते २ जनाको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

किशोरीको शव भेटियो

गुल्मीको ठूलोलुम्पेकमा एक जना किशोरीको शव फेला परेको छ। जिल्लाको ठूलोलुम्पेक गाविस ८ कालीगण्डकी नदीमा अन्दाजी १५/१६ वर्षकी किशोरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गुल्मीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गाई तार्नेक्रममा बगेर मृत्यु

गाईलाई खोला तार्ने क्रममा बगाएर एक जनाको मृत्यु भएको छ। गुल्मीको ग्वादी गाविस २ का २५ वर्षका युवराज बिकको कालीगण्डकीमा गाई खोला तार्ने क्रममा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रिडी गुल्मीका सई अम्मरबहादुर मिदुनमगर जानकारी दिए। बुधबार गाई तार्ने क्रममा बगेर बेपत्ता भएका बिकको शब बिहीबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.