प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

विचार

के संस्कृत मृत भाषा हो ?
SHARES

फागुन २९, २०७३

    राजनीतिक टिप्पणी भन्दा बाहिरको कुरो गर्न मन लाग्यो यसपालि।

    नेपालका विद्धानले संस्कृतलाई मृत भाषा मानेका छन्। उहिले ०५१ सालमा मैले संस्कृृत भाषामा समाचार प्रसारण गर्ने निर्णय गरेँ। नेपाल, मैथिल, भोजपुरी जस्तामा त कुनै प्रतिकृया आएन। तर संस्कृतको विरोधमा बवाल नै मच्चियो। टाठा बाठाले यो मृतभाषामा समाचार किन? भनेर हदैसम्मको विरोध गरे। प्रायः म आफूले गरेका निर्णयमा एक्लै हुन्छु। त्यतिबेला पनि एक्लै परेँ। संस्कृतमा बिहान पाँच मिनेटको समाचार प्रसारण गरेवापत मेरो पुत्ला जलाइयो, जिल्लामा जाँदा कालो झण्डा देखाइयो। तर मैले निर्णय फेरिन। बरु उल्टै आफू नजिकै गएर प्रदर्शनकारीसँग कालोझण्डा माग्नेसम्मको काम गरें। झापामा माननीय इन्द्रहाङ लिम्बुले कालो झण्डा लुकाउँदै ‘के गर्नु पार्टीको निर्णय हो’ भन्नु भयो। 

    मन्त्रीबाट हटेपछि संस्कृतका विद्धानहरुले स्यावासी दिनु भयो। संस्कृतको मर्म बुझाउने काम पनि गर्नु भयो। फराकिलो अन्तरकृयापछि मैले तिलकप्रसाद लुईंटेलले अनुवाद गर्नु भएको ऋग्वेद किनें। संस्कृतका श्लोक त मैले पढ्न के सक्थें र तर मैले त्यसको भावानुवाद पढें। जति पढ्यो मेरो उति भरमलिन थाल्यो। संस्कृतमा लेखिएको वेदलाई ज्ञानको श्रोत भन्छन् विद्धानहरु। अध्यात्मिक दर्शनलाई सबैले हिन्दु धर्मसँग जोडेर व्याख्या गर्छन्। तर ऋग्वेदमा मैले हिन्दु धर्म भेटिन। त्यहाँ न स्वर्ग छ, नत छ नरक। ब्रह्मा, विष्णु, महेश्वरजस्ता देउता पनि त्यहाँ छैनन्। महाकाली, महिषासुर मर्दिनी पनि त्यहाँ भेटिदैनन्। त्यहाँ भेटिन्छ– अग्‍निको वन्दना। वायुको वन्दना। वरुण र सविताको बन्दना। यति ज्ञान प्राप्त गरिसकेपछि आधुनिक विज्ञानको श्रोत त्यही ऋग्वेद नै रहेछ भनेर बुझ्न, ज्ञानपिपाषुलाई अलिकति पनि गाह्रो परोइन। किनभने समाज विकासको वैज्ञानिक विश्लेषण अनुसार विश्व सभ्यताको इतिहास आगोको आविष्कारबाट आरम्भ हुन्छ। अक्सिजनको श्रोत वायु हो भन्ने वैज्ञानिक विष्लेषण उतिबेला नभए पनि मानव जीवनको रक्षामा वायुको आवश्यकतालाई ऋग्वेदका श्लोक लेख्नेहरुले बुझिसकेको पुष्टि हुन्छ। प्रत्येकको कुरा गरिरहनु परेन, तर ऋग्वेदले हाम्रो जीवन पद्दतिसँग जोडिएका भौतिक वस्तुहरुलाई देवता मानेको रहेछ ।

    अहिले त नेपालमा शैक्षिक अनुसन्धानको क्षेत्रमा अनिकाल नै परेको छ। स्वयम् नेपाल संस्कृत विश्वविद्यालय अज्ञानको चीर निद्रामा सुतेको छ। के ऋग्वेद बुझ्ने गुरुहरु त्यहाँ छैनन्। बजारमा बग्रेल्ती उपचारक उपस्थित भएका छन् क्यान्सरको उपचार गर्नेहरु। के तिनलाई विश्वविद्यालयले आफ्नो अँगालोमा बाँध्नु पर्दैन?

    त्यसपछि निस्कियो ऋग्वेद संहिता। बेलायतको कुनै विश्वविद्यालयमा प्राध्यापन गर्ने प्रशन्नचन्द्र गौतमको संयोजकत्वमा तिलकप्रसाद लुईंटेलसहितका विद्धानहरुले त्यसलाई संस्कृत श्लोक, शब्दार्थ र अनुवादसहित नेपाली बजारमा पस्किनु भयो। त्यो संहिता पढेपछि पूर्वीय दर्शन, पूर्वीय सभ्यता कति बैज्ञानिक रहेछ बुझ्ने अवसर मैले पाएँ। 

    संस्कृतको महत्तालाई झन छर्लङ्ग पाने पाठ्य मैले सलिल ज्ञवालीको पूर्वीय सभ्यता पढेपछि बुझें। यो सानो टिप्पणीमा दर्जनौं उदाहरण दिनु राम्रो होइन। त्यसैले मैले एउटा मात्र उदाहरण छानेको छु। अणुवमका पिता मानिने जुलियस रबर्ट हाइमर नामका वैज्ञानिकको भनेका छन् ‘आधुनिक भौतिकशास्त्रमा हामीले जुन उपलब्धि हासिल गरेका छौं, त्यो सबै प्राचीन हिन्दु विद्धताको प्रतिपादन, समर्थन र परिष्करण हो।’ 

    सलिल ज्ञवालीको सानो किताबले मेरो ज्ञानको ढोका खोली दियो। खोजी खोजी पढ्दै जाँदा विचित्रका सच्चाइ मेरा सामू उपस्थित भए। संस्कृत साहित्य, नेपाल बाहेकका देशको पूँजी भैसकेको रहेछ। उपनिषद भारतीय सम्राट अकबरका पालामा संस्कृतबाट पर्सियन भाषामा अनुवाद भएको रहेछ। स्वतः त्यो अरबीमा अनुवाद भयो। इस्ट इण्डिया कम्पनीको स्थापना भएपछि मौलिक संस्कृत साहित्य पहिले बेलायत र बेलायत हुँदै बाँकि युरोपमा फैलिएको रहेछ। यस्तै ज्ञानमा भरमलिई रहेको बेला मैले आयुर्वेदमा जर्मनको कुनै विश्वविद्यालयमा भिषगाचार्य (भनेको पि.एच.डी. जस्तो) गरिरहेका ज्ञानीलाई भेटेँ। 

    त्यतिबेला म छक्क परें– जतिबेला मलाई युरोपका जर्मनी, फ्रान्स र बेलायतमा संस्कृत विश्वविद्यालयहरु छन् भनेर उहाँले बताउनु भयो। अरु विश्वविद्यालयहरुमा पनि संस्कृतको उच्च शिक्षा हासिल गर्न पाइदो रहेछ।

    संस्कृतलाई मृत भाषा मान्नेहरुका लागि यो सत्य कष्टकर लाग्ला। तर सत्य, सत्य नै हो। त्यो सत्यले हामीलाई चिकित्सा विज्ञानको आयुर्वेदमा पुर्‍यायो। भाषा व्याकरणमा पाणिनीसम्म पुर्‍यायो। ऋषिमुनिहरुले खगोलको अनुसन्धान गरेको जानकारीमा पुर्‍यायो। तक्षशिला र नालन्दा विश्वविद्यायलयमा शिक्षा, स्वास्थ्य, खगोल विज्ञानका बारेमा अध्ययन अध्यापन भैरहेको समयमा ऋग्वेद युरोपमा पुगेको पनि थिएन।

    तर आज? आज हामी अज्ञानताको गहिरो अँध्यारोमा पौडिरहेका छौं। हाम्रैतिरबाट लिएर गएको ज्ञानका आधारमा झण्डै चार सय वर्षसम्म युरोपेलीहरुले विश्वभरि राज गरे। पूर्वीय दर्शनका विज्ञानजनित विधामा लागेको हुनाले तिन विश्वशान्तिका सम्पूर्ण अवयवहरु समाप्त पारे। पूर्वको दक्षिण एशियाको ज्ञान विज्ञानलाई ध्वस्त पारे र ऋग्वेदको ज्ञानलाई अस्पृष्यताको शिकार बनाए। तिनले ऋग्वेदको गुदी लगे। फोहोर छोक्रा यतै फाली दिए। यति मात्र होइन, तिनले दक्षिण अमेरिकाको समृद्ध माया सभ्यताको पनि उच्छेद गरे। विनाशकारी पुँजीवादको जननी भएको युरोपले सबैतिरका ज्ञानशुत्रलाई लुकाएर आफूलाई प्रभु बनाउने सपना देखेर हत्या, हिङ्साका श्रृङ्खलालाई विश्वयुद्धको तहसम्म लग्यो। 

    यता हामी उत्कृष्ट ज्ञानका सन्तान भएर पनि सेता छाला देख्ने वित्तिकै जदौ भन्ने ठाउँमा पुग्यौं। धिक्कार छ तिनलाई जसले संस्कृतको मर्यादा खण्डित गरे, जसले ऋग्वेदको बैज्ञानिक पक्षलाई लुकाएर अपराध गरे। ज्ञानलाई अज्ञान बनाए। शिक्षालाई अन्धविश्वास बनाए। विज्ञानलाई कर्मकाण्डमा रुपान्तरण गरे।

    अहिले त नेपालमा शैक्षिक अनुसन्धानको क्षेत्रमा अनिकाल नै परेको छ। स्वयम् नेपाल संस्कृत विश्वविद्यालय अज्ञानको चीर निद्रामा सुतेको छ। के ऋग्वेद बुझ्ने गुरुहरु त्यहाँ छैनन्। बजारमा बग्रेल्ती उपचारक उपस्थित भएका छन् क्यान्सरको उपचार गर्नेहरु। के तिनलाई विश्वविद्यालयले आफ्नो अँगालोमा बाँध्नु पर्दैन?

    हिन्दु धर्मले जातिभेद स्वीकार्छ भन्छन् ज्ञानी हौं भन्ने अज्ञानीहरु। कहाँ छ वेदमा जातिभेद? यति सामान्य ज्ञानको अनुसन्धान गर्न पनि नेपाल संस्कृत विश्वविद्यालयलाई फुर्सद छैन।

    यो आक्रोश होइन। संस्कृत मृत भाषा होइन, अध्ययन अनुसन्धान नगरेर, पश्चिमा पुँजीवादीहरु विषको घैंटो यता हुर्याइदिएर हाम्रो विज्ञानको अपमान गरेको छ भन्ने कुराको उत्खनन् गर्ने काम भनेको संस्कृत विश्वविद्यालयका गुरुहरुको हो। त्यसले यो अनुरोध हो ।
     

     

प्रदीप नेपाल

नेकपा एमालेका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • Labakumar Nepal - 462/ Puja pratisthan Marga ,Bane

    sanskrit prachin lakik bhasa ho . yasko mool baidik ho .sansarko gati bikas ra bramhanda ko gyan hasil garna junsukaibhasa ba madhyamma yesko aabasyak pardachha .Saskrit bina gati ra junsukai marga adhuro nai rahanchha . Yasakalagi janjanma Prathamik taha dekhi nai sikshyama yasako pahunchha pugnu jaroori chha . Aba baudik chhetrabat yojana ra neeteeko tarjuma hunu pardachha , naki rajnitee. astu.

  • के पी अर्यल

    आधुनिक सन्सारको कुनै पनि मुलुक भित्र मातृभाषाको रुपमा सम्स्कृत बोल्ने मानिसहरुको भाषिकसमुदाय (Linguistic community) अर्थात--दैनिक काम चलाउको लागि या एक-अर्का सङग बैचारिक आदान प्रदानका लागि कुनै खास भाषा प्रयोग गर्ने मानव समुदाय --नभएको हुँदा प्राचीन ल्याटिन र सम्स्कृत भाषा मृतभाषा भनिएका हुन र मृतभाषाकाे परिभाषा पनि यही हो ।

  • Bimal Nepal

    ‘आधुनिक भौतिकशास्त्रमा हामीले जुन उपलब्धि हासिल गरेका छौं, त्यो सबै प्राचीन हिन्दु विद्धताको प्रतिपादन, समर्थन र परिष्करण हो।’ मननीय लेख!

  • दिलीप तण्डुकार

    दुई–चार जिज्ञाशाहरु उठे, समाधान पाइएला कि ? (समाधान लेखक महोदयबाट) सन्दर्भ – प्रदीप नेपालज्यूको “के संस्कृत मृत भाषा हो ?” १. “नेपालका विद्वानले संस्कृतलाई मृत भाषा मानेका छन्” यो वहाँको लेखको पहिलो वाक्य । तर वहांले एक्लो निर्णय गरेर २०५१ साल देखि विहान ५ मिनेट यो संस्कृत (मृत) भाषामा समाचार प्रसारण गराउनु भयो । सरकारी संचारको माध्यममा एक्लो निर्णय लाद्न सक्ने वहांको पुत्ला जलाइए छ, के वधाइ दिनु पर्ने थियो त ? बुझिन । २. यो संस्कृत भाषा कस्को मातृ भाषा हो ? यदि यो भाषा नेपालमा बसोबास गर्ने कुनै व्यक्ति समुदायले बोल्छ भने नेपालको संविधान बमोजिम राष्ट्र भाषाको हैसियत पाउँछ, शंका भएन । यदि कसैको मातृ भाषा होइन भने यसलाई राष्ट्रिय माध्यमबाट प्रसारण गर्नुको अर्थ वहांको अहं प्रदर्शन हो । के यो अंग्रेजी जस्तो अन्तरराष्ट्रिय मान्यता प्राप्त (लोकप्रिय भएको वा हुदै गएको परिप्रेक्षमा आवश्यक ठानिएको) भाषा हो ? (बर्तमानको कुरो गरेको, इतिहासको कुरा गरेको होइन, अनि संस्कृत भाषाको आलोचना होइन, व्यक्तिको दृष्टिकोणको चर्चा गरेको) । जानकारी पाउं । ३. लेख भित्र प्रष्टै भन्नु भएको छ – वेदमा धर्म छैन, तर संस्कार कर्म छ, त्यसैलाई धर्म भनिएको छ । गल्ती यहाँनेर भएको छ । ब्रह्मा, विष्णु, महेश्वर छैनन्, तर मुख, हात, पेट र गोडाबाट मनुष्यको सृष्टि गराइएको छ – वेदमा जव कि त्यस अघिनै विभिन्न मानवको सृष्टि भइसकेको कुरा त्यही वेदले गरेको छ । यही हो बैज्ञानिकता वेदको ? । गल्ति यहाँनेर भएको छ । भर्खर भर्खर आगो पार्न जानेको, भर्खर भर्खर जौ रोप्न (कृषि कर्म थालेको) थालेको समाजले मनभन्दा छिटो पुग्ने विमानको निमार्ण गरी विभिन्न लोकको यात्रा गर्ने वृतान्त वेदमा पाइन्छ, । के त्यो विज्ञानको भण्डार हो ? जवाफ पाउँ । कहाँ छ वेदमा त्यो विमान बनाउने प्रविधिको ठेगाना ? कृपया उपलव्ध गराइ पाउँ । ४. आप्mनो हित विपरित हुदा ईशाइ वा विदेशीहरु हाम्रो धर्म–संस्कृतिको विरुद्घ छन् उनीहरुको अर्थ कहिल्यै ग्राह्य हुदैन, वेद बुभ्mन उनीहरुको सामथ्र्य कहाँ छ भन्ने, जव द्वारका शहर, श्वेतु जस्ता भीडियो बनाउन लगाएर वा पूर्वी दर्शनको अर्थ चमत्कार वा तर्क चमत्कारको हित अनुकुल कसैले बोल्यो भने त्यो प्रमाणित र सर्वमान्य हुने ? ५. वेदमा जे छ त्यो सिद्घान्तहरु पत्ता लगाएर वा लागु गरेर पश्चिमाहरु चन्द्रमामा तथा अन्तरिक्षमा शिवीर बनान सफल भएका अवश्य होइनन् । आप्mनै सृजनात्मक प्रतिभाको चिन्तन, मनन, त्याग, तपस्या, लगनशिलताले यसो गरेका हुन् । सके हामीले पनि गरेर देखाउनु प¥यो, वेद आखिर तपाइ हाम्रो हातमा छदैछ । किन वेदलाई आधुनिक विज्ञानको भण्डार मात्र भनेर भजन गरेर बस्ने ? हाम्रो वेदमा यस्तो छ, उस्तो छ, भनेर भन्न पनि पश्चिमाको सहायता लिनु पर्ने ? भन्नुहोस वेदको कुन मण्डल, सूक्तको कुन श्लोक, मन्त्र, ऋचाले के कस्तो प्रविधि, विज्ञानकोबारेमा बोलेको छ त्यो देखाउनु प¥यो र अनि मनभन्दा छिटो कुद्ने विमान (जो वेदमा छ भनिएको छ) बनाएर विभिन्न लोकमा यात्रा थाल्नु प¥यो, प्रदीपज्यू । ५. संस्कृत भाषा विदेशी विश्वविद्यालयहरुमा पढाइ हुनुको अर्थ उनीहरुको चन्द्र यात्रा सफल हुनुसंग मिलाउन मिल्दैन, सकिदैन, हुदैन । यो विषय छुट्टैनै हो । विदेशी विश्वविद्यालयमा पढाइ हुने भएकोले यो मृत भाषा भन्न मिल्दैन भन्ने जिकिर तपाइको हो ? यदि हो भने यो पनि आखिर तपाइको एक्लो निर्णय हो जो तपाई फेर्नु हुन्न ।.... मितिः– २०७३।१२।१

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]