|

काठमाडौं : आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीच त्रिभुवन विश्‍वविद्यालयस्थित टीयू मैदानमा हुने खेलका लागि प्रहरीले कडा सुरक्षाा व्यवस्था मिलाउने भएको छ। 

चैत ११ र १३ गते हुने दुई खेलका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंको प्रहरी टोलीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा व्यवस्था मिलाउने प्रहरी वरिष्ठ उपरीक्षक छवीलाल जोशीले जानकारी दिए। ‘किर्तिपुर खेलमैदानमा हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा त्यही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन लागिएको हो’, उनले भने,‘खेल मैदानमात्र नभएर खेलाडीको सुरक्षा पनि अन्तर्राष्ट्रिय स्तरको गर्न लागिएको छ।’

बम डिस्पोजल टोली, डग स्‍निफिङ र अफिसियलहरुको एस्कर्टका साथै बस्‍ने ठाँउ होटल सोल्टीमा सुरक्षा व्यवस्था कडा बनाइनेछ। त्यसैगरी एम्बुलेन्स, वाटर क्यानन, राईट कन्ट्रोल भेइकल, दमकल समेतको व्यवस्था हुने पनि उनले जानकारी दिए। खेल मैदानको लागि मात्र आठ सय जना प्रहरी परिचालन हुने पनि उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.