|
फाइल फोटो

काठमाडौं : रंगहरुको पर्व होली मनाउदै हुनुहुन्छ होला, तर होली मनाउने नाममा उत्‍शृंखल गतिविधि नगर्नुहोला। यदी गर्नुभयो भने तपाईलाई पुलिसले समात्‍न सक्छ। यसवर्षको होलीमा प्रहरीले ११ क्रियाकलाप गर्नेहरुलाई पक्राउ गर्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए। उनले होलीका बेला हुनसक्ने संभावित अपराध नियन्‍‍‍त्रणका लागि १ सय ७ ठाँउमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने बताए। 

 के-के गर्दा प्रहरीले पक्राउ गर्छ त ?

  • डोरी टाँगेर वा अन्य प्रक्रियाबाट चन्दा उठाउँदा
  • महिला र पर्यटकहरुलाई अभद्र व्यवहार गर्दा
  • जथाभावी सार्वजनिक साधन चलाउने, छतमा या हुडमा यात्रा गराउँदा
  • सवारीसाधनमा बसेर मादक पदार्थ सेवन गर्दा
  • बिना हेलमेट र तीनजना सवार मोटरसाइकल चलाउँदा
  • जबर्जस्ती अरुलाई रंग र पानी छ्याप्दा
  • जबर्जस्ती अर्काको घरमा गई होली खेल्दा
  • चाडपर्वको नाममा जुवातास खेल्दा
  • अनुहार नै नचिनिने गरी रंग लगाई हिड्ँदा
  • मादक पदार्थ वा लागूऔषध सेवन गरी हो–हल्ला गर्दा
  • मादक पदार्थ वा लागूऔषध सेवन गरी झै–झगडा गर्दा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.