|

ललितपुर : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएका छन्। 

शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले विभिन्न वस्तुमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकोले व्यवसायीहरु नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताएका हुन्। 

अहिले दाल, फलाम, सिमेन्टलगायत वस्तुमा अत्याधिक महँगी बढेको गुनासो आएकोले मूल्यवृद्धि नियन्त्रण आफैं गर्न उद्योग व्यवसायीका संगठनलाई आग्रह गरे। आफैं मूल्यवृद्धि नियन्त्रणमा नआए सरकार बाध्य भएर गल्ती गर्नेलाई नछाड्ने बताए। निजी क्षेत्रलाई स्वतन्त्र रुपमा छाडिएको अवस्थामा व्यवसायीले मूल्यवृद्धि गरेर बजारलाई महँगो बनाएका पनि मन्त्री भट्टले आरोप लगाए।

उद्योगी व्यवसायीलाई सरकारले विभिन्न सहुलियत र सुविधा दिएको तर केही उद्योगी व्यवसायीले अस्वाभाविक मूल्यवृद्धि गराई बजारलाई प्रभावित पारेको उनको आरोप थियो। तर पनि सरकारले उत्पादन बढाउन, लगानी आकर्षित गर्न काम गरिराखेको पनि उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.