|
Photo: SAIFEE HOSPITAL

विश्वकै सबैभन्दा बढी तौल भएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको तौल नियन्त्रणका लागि भएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ। छत्तिस वर्षीया एमानको भारतको मुम्बईमा रहेको सैफी अस्पतालमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

इजिप्टबाट आएर तौल घटाउनकै लागि उनी जनवरीमा अस्पतालमा भर्ना भएकी थिइन्। अस्पतालको प्रत्यक्ष निगरानीमा बसेर शल्यक्रियासहितको उपचार गर्ने क्रममा उनको तौल १ सय किलो घटिसकेको समाचारमा जनाइएको छ।

एमानको सफल ल्यापरोस्कोपिक स्लिभ ग्यास्ट्रेक्टोमी भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। अहिले उनलाई रसिलो सुप लगायतका खानेकुरा खुवाउन सुरु गरिएको छ।

एमान विगत २५ वर्षदेखि शारीरिक अवस्थाका कारण घर बाहिर निस्कन नसक्ने अवस्थामा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। उनलाई जनवरीमा विशेष विमानमार्फत इजिप्टबाट भारत ल्याइएको थियो।

शल्यक्रिया र उपचारका लागि भारत ल्याउनुपूर्व उनको तौल पाँच सय किलो रहेको अस्पतालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.