|

मुगु : मुगु लगायत कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर बन्दै गइरहेको छ।

आइतबार अपरान्हदेखि कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र बेंसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो।

हिउँद महिना शुरू भएपछि मुगु,हुम्ला, जुम्ला,डोल्पा लगायतका स्थानहरूमा अत्यधिक चिसो हुनेगर्छ। चिसो छल्न यहाँका स्थानीयवासी आगो ताप्ने गर्छन्‌।

​मौसम बदलीसँगै आइतबारदेखि निकै चिसो बढेपछि मुगु लगायत उच्च हिमाली क्षेत्रको जनजीवन झनै कष्टकर बनेको स्थानीयले बताएका छन्। तापक्रप माइनस ८ मा झरेको छ।

चिसो बढ्दै जाँदा सदरमुकाम गमगढी बजारमा बसोवास गर्दै आइरहेका व्यापारी र गाउँ-घरका सर्वसाधारणहरू आगो ताप्दै दिन बिताइरहेका छन्।

सरकारी तथा गैरसरकारी संघसंस्थामा सेवा प्रवाह गर्न पनि गाह्रो भएको छ। ​ठिहिरो बढेपछि गाईबाख्रा पालन र मेलापातमा गर्न समस्या भएको स्थानीय रामकुसुम कार्कीले बताइन्‌।

​चिसोले शैक्षिक क्षेत्रमा पनि उत्तिकै असर पारेको छ। विद्यालयहरूमा पठनपाठन गराउँदा आगो बाल्नुपर्ने अवस्था रहेको शिक्षकहरू बताउँछन्‌। 

चिसो ह्वातै बढेकाले पठन पाठनमा पनि समस्या भएको छायाँ क्षेत्र प्राथमिक विद्यालय लीतुमका शिक्षक विराज कार्कीले बताए। आगो बालेर भएपनि पठनपाठन गराउँदै आएको उनले जानकारी दिए।

यो वर्ष कोराना भाइरसका कारण लामो समय शैक्षिक क्षेत्र प्रभावित भएको छ। यस अघिका वर्षहरूमा हिउँदे विदा दिने गरिएकोमा यस वर्ष पठनपाठन जारी राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.