|

नवलपरासी : पूर्वीनवलपरासीमा नदीजन्य पदार्थको अवैध चोरीनिकासीका लागि प्रयोग गरिएका १९ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको टोली, प्रहरी चौकी तम्सरिया र अस्थायी प्रहरी पोस्ट डण्डाको टोलीले विभिन्न स्थानबाट १९ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विनयी खोलाबाट १२ वटा तथा तम्सरिया र डण्डाको टोलीले हुप्सेकोट–१ बेल्हुवा र कावासोती–१६ को पत्थर खोलाबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा लिएको बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँडले जानकारी दिए।

नियनत्रणमा लिइएका ट्रयाक्टरहरु अवैध रुपमा नदीजन्य पदार्थको चोरीनिजकासीमा प्रयोग गरिएको अवस्थामै नियन्त्रणमा लिइएको डिएसपी खाँडले बताए। उनले ट्रयाक्टर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको बताए।

प्रहरीले  लु ४ त १०३६ , लु २ त ७७२० , लु ४ त ४१६२ , लु २ त ४५५० , लु ४ त ८६६ , लु ४ त १०८४ , ना ७ त ६०८४ , प्र २ ९०३९००१ त ६६३ , ना ४ त ९८९५ , ना ५ त ६००५ , ना ६ त २०५ , ना ५ त ४०३ , ना ६ त ६०२० १ र नंम्बर नखुलेको अन्य गरी जम्मा १९ वटा  ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पछिल्लोपटक नदीजन्य पदार्थको अवैध चोरीनिकासी नियन्त्रणका लागि सक्रियता बढाएसँगै ट्रयाक्टरहरु धमाधम नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.