काठमाडौं : सुनको भाउ लगातार उकालो लागेको छ। नेपाली बजारमा हिजो ११ सयले बढेको सुनको भाउ आज ३०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला छापावाल सुन ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९६ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ।
साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ दोस्रो दिन सोमबार भने तोलामा ८०० रुपैयाँ बढेको थियो। यो सातामात्रै सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढिसकेको छ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि चाँदीको भाउ १० रुपैयाँले बढेर १ हजार ३३५ रुपैयाँ पुगेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।