|

काठमाडौं : माघेसंक्रान्तिमा नेपालीहरूले तरूल लगायत कन्दमूलका साथै घ्यु-चाकु अत्यधिक खाने गर्छन्‌। ज्यानमा पसेको हिउँदे चिसो निकाल्न घ्यु-चाकु सेवन लाभदायक हुने बताइन्छ। 

यसरी, माघे संक्रान्तिमा देशैभर खाइने चाकुको अधिकांश हिस्सा काठमाडौं उपत्यकामा बनाइन्छ। यसमध्ये पनि भक्तपुरमा बनाइने चाकु मानिसहरूको रोजाइमा बढी पर्छ।

नजिकिँदो माघे संक्रान्तिमा खपत हुने चाकु बनाउन यतिबेला भक्तपुरको क्वार्चा टोलका न्हुछे प्रजापतिलाई भ्याईनभ्याई छ। भक्तपुर नगरको एक ठाउँमा मात्र चाकु बनाइने भएकोले अहिले उनी निकै व्यस्त भएका हुन्‌।

यहाँ उत्पादन गरिएका चाकु भक्तपुर नगरका पसलहरूमा बेच्न पठाइन्छ। चाकु योमरी बनाउन समेत प्रयोग गरिन्छ। चाकु बनाउने कार्य परम्परागत पेशा भएपनि नियमित रूपमा योमरी पूर्णिमादेखि माघे संक्रान्तिसम्म मात्र बनाइने प्रजापतिले बताए।

यो काम फुर्सदको समयमा मात्र गरिने हुनाले कामदारहरू धेरै नचाहिने उनले बताए। वर्षको डेढ महिनाजति चाकु बनाउने काममा उनी लाग्छन्‌।

प्रजापतिले डल्लो, लाम्चो र गोलो गरी तीन किसिमका चाकु बनाउने गरेका छन्‌। अतिआवश्यक परेकालाई मसलायुक्त चाकु पनि बनाइदिने गरिएको उनले बताए। सखर र गुल्कोजको मिश्रणबाट चाकु तयार गर्ने गरेको प्रजापतिले जानकारी दिए।

तस्वीरहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.