|

राजविराज (सप्तरी) :  नेकपा (एमाले) को मेची – महाकाली अभियानअन्तर्गत सोमबार सप्तरीमा प्रहरीको गोली लागेर गम्भीर घाइतेमध्येका थप एक जनाको शुक्रबार मृत्यु भएको छ। 

यो सँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।  सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार सप्तरीको जमुनी मधेपुरा गाविस– १ का ५० वर्षीय इनरदेव यादवको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मृत्यु भएको हो। उनको पेटमा गोली लागेको थियो। 

यसअघि प्रहरीको गोलीबाट मलेठ गाविस – २ का २५ वर्षीय सञ्जन मेहता, मलेठ– ४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी–४ टेङरीका ३५ वर्षीय सिनियर अहेब आनन्दकुमार साह र मलेठ– ४ का वीरेन्द्र महतोको मृत्यु भएको थियो। 

एमालेको मेची–महाकाली अभियानलाई विरोध गर्न राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सो घटना भएको थियो। सो झडपमा परी दुईदर्जन घाइते भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.