|

काठमाडौं : बिहीबार कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार भारतीय दुतावास घेराउ गरेको छ। अमृत साइन्स क्याम्पसबाट शुरु भएको विरोध र्‍याली लैनचौरस्थित भारतीय दूताबास अगाडि पुगेर धर्नामा परिणत भएको थियो।

अनेरास्ववियुका महासचिव ऐन महरसहितको टोलीले सरकारको कमजोरीका कारण नेपालीले दुख पाएको भन्दै सरकारको राजिनामाको माग गरेका छन्।  उनीहरूले मृतक गोविन्द गौतमलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरे। विरोध सभामा संबोधन गर्ने नेताहरुले गोविन्द गौतमको हत्याको मसिनो ढंगले छानबिन नभएमा अबका दिन अझ कडा आन्दोलन गर्ने बताएका थिए।

सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका महासचिव ऐन महरले घटनाको छानबिन गर्न र दोषीलाई कारबाही गर्न कुटनीतिक पहल गर्न माग गरेका छन्। नेपालीहरु इतिहासमा कहिले पनि पराजित नभएको भन्दै उनले भूगोलका हिसाबले सानो भएपनि राष्ट्रिय स्वाभिमान कसैको पनि कमजोर नहुने बताए।

हेर्नुस् फोटोहरु :

फोटोहरु : दिपक केसी

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.