|

महोत्तरी : हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ। बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो।

पत्रकारको एक समूह बिहीबार मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो। ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा ९सिरक, डसना० तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो। उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन्। केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो।  साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो।

एकैसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो। सामाजिक, धार्मिक परम्परानुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मङ्गलबार १३ औं दिनका पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति ९हरिनारायण सदाका माहिला छोरा० आठमहिने प्रभासको पनि मृत्यु भएको रामरतिले जानकारी दिइन।

गरीबी र विपन्‍नताका जाँतोमा पुस्तौँपुस्ता पिल्सिँदै आएकी रामरतिको परिवारलाई बन्दाबन्दीले झन् विपन्‍न बनाएका बेला यसपालिको चिसोले २० दिनकै अन्तरालमा परिवारका तीन सदस्य  बितेका हुन्। सो बस्तीमा ३५० परिवार दलित मुसहर रहेकामा हाल १८  सुत्केरी र १०  गर्भवती  छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.