सुदूरपश्चिमका ६ स्थानमा कालोझण्डा देखाउने तयारी

|

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेर प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेका हुन्। अनेरास्ववियूका एक नेताले प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको बताए। प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर आउन लागेका हुन्। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड-नेपाल समूहका भएकाले पनि ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।

यसैबीच, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागत नगर्ने भएका छन्। प्रचण्ड-नेपाल पक्षीय नेकपा कैलाली अध्यक्ष तथा प्रदेश सभा सांसद दीर्घ सोडारीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरू नजाने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.