काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको छ। बैंकको व्यवसाय प्रवर्द्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार बिस्तारका लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो।
बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधार तिनका प्रक्रियाबारे सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने बैंकले जनाएको छ। सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्दत पुग्ने विश्वास लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।