|
Photo : File

हेटौंडा : एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सरकारमै आबद्ध भएका मोर्चाका कार्यकर्ताले आतंक फैलाउन खोजेको आरोप लगाएका छन्। संविधानको कार्यान्वयनको उद्देश्य लिएर मेची महाकाली अभियान अन्तर्गत शुक्रबार हेटौंडाको जनसभामा ओलीले  नेपालीहरु विखण्डित भएर नबस्‍ने बताए।

उनले साम्प्रदायिकता भड्काउन खोज्‍नेलाई जनताले नछोड्ने बताए। भारतीयले सिमामा नेपालीमाथि गोली प्रहार गरेर मुठभेड निम्त्याउने प्रयास गरेको उनले बताए। उनले सिमाका विषयमा सबै नेपाली एकजुट हुनुपर्ने बताए। 

कार्यक्रममा एमालेका केन्द्रिय नेताहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल, लगायत मकवानपुरका स्थानीय नेताहरुको समेत सहभागिता थियो। सप्तरी घटनापछि शुक्रबारदेखि पुन: सुरु भएको मेचीमहाकाली अभियानअन्तर्गत शनिबार चितवनमा कार्यक्रम हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.