|

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवर्द्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो। राष्ट्रिय वाणिज्य बैंक र दि हिडन ट्रेजर प्रालिबीच भएको सम्झौताअनुसार श्रेष्ठ बैंकको ब्राण्ड एमबासडरमा नियुक्त भएकी हुन्।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दि हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन्। 

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाबारे ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसाय प्रवर्द्धन गर्न बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्त गरिएको बताए।

कार्यक्रममा नम्रता श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुशी लागेको बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.