|

कन्नड अभिनेता यश अभिनित केजिएफ च्याप्टर-२ को टिजर शुक्रबार रिलिज भएको छ। उनको जन्मदिनको एक दिन अघि रिलिज भएको उक्त टिजर ट्रेण्डिङमा छ। आफ्नो ३४ औं जन्मदिनमा उनको बहुप्रतिक्षित फिल्मको टिजर सार्वजनिक भएको हो।

केजिएफ च्याप्टर-१  रिलिज भएको दुई वर्षपछि च्याप्टर-२ को टिजर सार्वजनिक भएको हो। कन्नडका महँगा अभिनेता यशको हसान जिल्लाका स्थायी बासिन्दा हुन्। उनको बारे केही तथ्य यस्ता छन्:

 यशका बुबा बस चालक हुन्

आफ्नो रकिङ स्टाइलका कारण यशको फ्यान फ्लोइङ विश्वभर छन्। उनको वास्तविक नाम नवीन कुमार गौडा हो। उनको जन्म मध्यमवर्गीय परिवारमा भएको थियो।  उनका बुबा कर्नाटक राज्यको बस चालक हुन्।

अहिले पनि उनका पिता चालकका रूपमा कार्यरत छन्। एक अन्तर्वार्तामा यशले भनेका छन्, ' मेरो बुबा आज पनि चालक हुनुहुन्छ। मैसूरबाट अध्ययन पूरा गरेपछि यश आफ्नो अभिनय सपना पूरा गर्न बेंगलोर आएका थिए। त्यहाँ उनले लोकप्रिय बिनका थिएटरमा क्लास लिएका थिए। केजिएफको प्रि-रिलीज कार्यक्रममा, एसएस राजामौलीले भनेका थिए, 'यशको बुबा बस ड्राइभर भएकोमा म छक्क परें। मेरा लागि यश भन्दा उनका बुबा मेरा लागि ठूला नायक हुन्।'

यशको करियर टेलिभिजनबाट सुरु भएको थियो

यशले टेलिभिजन धारावाहिक नन्द गोकुलाबाट आफ्नो अभिनयको करियर सुरु गरेका थिए। त्यसपछि उनी फिल्ममा देखा परेका हुन्। उनी रातारात  कुशल अभिनेता बनेका होइनन्, उनले सुरुवाती चरणमा धेरै सहयोगी भूमिकामा काम गरेका थिए।

कन्नडका महँगा कलाकार

पछिल्लो दशकमा यश कन्नड फिल्म उद्योगको महँगा अभिनेता हुन्। यशले केजिएफको सफलतापछि उनले  प्रतिफिल्म १५ करोड रुपैयाँ लिने गरेका छन्। करिब ८० करोडमा बनेको केजिएफ फिल्मले २ सय करोड कमाउन सफल भएको थियो।

राधिका पण्डितसँग विवाह

यश अभिनेत्री राधिका पण्डितसँग बिहे गरेका हुन्। उनका दुई बच्चाहरु छन्। राधिका र यश पहिलो पटक टिभी कार्यक्रम नन्द गोकुलाको सेटमा भेटेका थिए। दुवै जनाले यशो मार्ग फाउन्डेसन चलाउँछन्, जसले गरिबी हटाउन विभिन्न कार्यक्रम सञ्चा‍लन गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.