|

डडेल्धुरा : डडेल्धुरामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–११ सल्लाघारीमा ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रक चालक कैलाली गेटाका ३५ वर्षीय ओमप्रकाश पन्त रहेका डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

बाजुराको बडीमालिका नगरपालिका–५ का १८ वर्षीय मदन साउँद घाइते भएका छन्। डीएसपी नेपालका अनुसार पन्तको घटनास्थलमै मृत्यु भएको र साउँदको अवस्था मध्यम छ।

धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख ३८१७ नम्बरको ट्रक आइतबार बिहान ३ बजे दुर्घटनामा परेको हो।

मृतकको शव डडेल्धुरा अस्पतालमा ल्याइएको छ भने घाइतेको पनि डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। रातिको समयमा चालक निदाएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.