अदालतले सही निर्णय गर्नेका कांग्रेस ढुक्क रहेको भनाइ

|

उदयपुर : सर्वोच्च अदालतले ढिलो फैसला गर्दा वर्तमान अवस्था सिर्जना भएको नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले ​बताएका छन्। ​

आइतबार उदयपुर सदरमुकाम गाईघाटमा भएको पत्रकार सम्मेलनमा नेता महरले अदालतमा विचाराधीन भएको विषयमा अदालतकै कारण अवस्था अझ बिग्रने भन्दै प्रतिनिधिसभाबारे चाँडो फैसला हुनुपर्ने बताए।

हाल देशमा भइरहेको राजनीतिक घटनाले जनता निराश भएका भन्दै पूर्व नेविसंघ सभापतिसमेत रहेका महरले हालको अवस्थाको समाधान अदालतले मात्र गर्न सक्ने बताए। यसका लागि संविधानत: अदालतले  सही निर्णय गर्नेमा कांग्रेस ढुक्क भएको पनि उनले बताए।  

अदालतको निर्णय बमोजिम आफुहरू जाने भन्दै नेता महरले प्रधानमन्त्रीले घोषणा गरेको दुई चरणको चुनाव हुनेमा आशंका भए पनि सर्वाेच्चले गरेको फैसला नै अन्तिम हुने हुँदा सर्वाेच्चले चुनावमा जानु नै  ठिक भने कांग्रेससहित सबै चुनावमा जानेसमेत उनले बताए। 

तोकिएकै समयमा चुनाव गराउन प्रधानमन्त्री ओलीले आलटाल गर्न सक्ने भन्दै कांग्रेसले सबै स्थानीय तहमा खबरदारी गर्न विभिन्न कार्यक्रम गरेको जनाए। आफूहरूको कार्यक्रमले अदालतलाई केही फरक नपार्ने पनि उनको भनाइ थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.