|

काभ्रे :  ढुङ्खर्क–९ डाँडागाउँमा शुक्रबार साँझ चट्याङ पर्दा स्थानीय सप्तलाल श्रेष्ठको घर जलेको छ।  चट्याङ पर्दा काठ, ढुङ्गामाटो र जस्ताले बनेको श्रेष्ठको तीनतले घरमा आगलागी भएको हो। 

आगलागीमा परी अन्दाजी दश लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी नवीनराज राईले बताए। घर जले पनि मानवीय तथा चौपाया भने क्षति नभएको राईले बताए। आगलागी साढे ६ बजेतिर स्थानीय र प्रहरीको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा लिएको राईले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.